चन्द्रागिरि नगरपालिका २ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले हुम्ला ताजाकोट गाउँपालिका २ का २३ वर्षीय सुरेश लोहारलाई मंगलबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए।
मंसिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए ।