बेलायतले ब्रेक्जिटपछिको सम्झौताबारे अडान परिवर्तन गर्दैन: फ्रस्ट

बेलायतले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनपछिको सम्बन्धका लागि गरिने सम्झौता आधार परिवर्तन नहुने इयूका लागि बेलायतका प्रमुख वार्ताकार ड्याभिड फ्रस्टले आइतबार ब्रसेल्समा बताए।

‘हामीले सम्झौताका लागि निरन्तर वार्ता गरिरहेका छौँ । सम्झौताका लागि बेलायतको सार्वभौमसत्ता र हाम्रा कानुन, व्यापार र हाम्रो पानी (समूद्र) को अधिकार विपरित हसने गरी सम्झौता सम्भव नहुने र यो मैले निरन्तर बताउँदै आएको छु । यसमा परिवर्तन हुन सम्भव छैन,’फ्रस्टले भने।

आफू र आफ्नो इयू समकक्षी मिसेल बार्नियरबीच बेलायती समय अनुसार आइतबार नै अपरान्ह छलफल हुने बताए।

उनले भने, ‘आगामी केही दिन सम्झौताका आधार निर्माणका लागि वार्ता गर्ने प्रसङ्ग महत्वपूर्ण छ । वर्षको अन्त्यसम्म बेक्जिट सम्झौतापछिको सङ्क्रमणकालीन अवस्था सकिने हुँदा यसैबीच सहमति निर्माण हुनु जरूरी छ ।’

उनले सम्झौताका लागि केही प्रगति भएको छ । महत्वपूर्ण विषयहरू अझै टुङ्गोमा पुग्न सकेका छैनन् । 

प्रकाशित मिति: : 2020-11-15 19:23:00

प्रतिकृया दिनुहोस्