कोरोना भाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।
नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसिओसी)ले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो।
नयाँ निर्देशिका अनुसार बैबाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा छ फिट दूरी कायम गर्नुपर्नेछ। यसका साथै बैबाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने छ।
निर्देशिकाअनुसार सहभागीलाई मास्क प्रयोग अनिवार्य प्रयोग गर्नुपर्नेछ भने राति १० बजेभन्दा अगाडि नै बैबाहिक समारोह गरिसक्नु पर्नेछ ।
आयोजकहरुले सबै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका व्यक्तिगत विवरण स्थानीय प्रशासनलाई उपलब्ध गराउनुपर्ने छ।
बैबाहिक समारोहमा सहभागी हुने सबैको अनिवार्य ज्वरो परीक्षण गर्नुपर्नेछ।
यसका साथै भोजनका बेला आफै खाना झिक्न पाइने छैन।