ललितपुरको बालकुमारीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

ललितपुरको बालकुमारी पुलमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको हाे।

ठक्करबाट इमाडोलकै ७० वर्षीय भाइलाल महर्जन घाइते भएकाे ललितपुरका एसएसपी टेक राईले जानकारी दिए।

ठक्कर दिएर भागेको सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2020-10-22 12:34:00

प्रतिकृया दिनुहोस्