धुलिखेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काभ्रेको धुलिखेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बनेपा नगरपालिका १३ का ४६ र काठमाडौं सिनामंगलका ७७ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

४६ वर्षीय पुरुषको आइतबार दिउँसो र ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए।

योसँगै काभ्रेमा कोरोना संक्रमणको कारण मृत्यु हनेको संख्या १३ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-05 07:31:00

प्रतिकृया दिनुहोस्