जुम्लामा बढ्दै कोरोना संक्रमित, बजर फेरि सिल

जुम्लामा दुई दिनमै ४७ जना कोरोना संक्रमित थपिएसँगै बजर फेरि सिल गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयले समुदाय स्तरमा कोराना संक्रमणको फैलावटको खतरालाई मध्यजनर बजार सिल गरेको छ। 

बुधबार मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको थियाे।

अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा‍ अनुप मंंगल समालले बताए।

उनका अनुसार प्रतिष्ठान तथा जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी र नगरबासीमा समेत कोरोना देखिएको छ।

प्रकाशित मिति: : 2020-10-01 17:21:27

प्रतिकृया दिनुहोस्