पेरिसमा पाकिस्तानी युवकद्धारा अन्धाधुन्ध चक्कु प्रहार, दुईजना गम्भीर घाइते

फ्रान्सको पेरिसमा एक व्यक्तिले चक्कु प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका छन्।

व्यंग्य पत्रिका सार्ली एब्डोको पूर्व कार्यालय नजिकै भएकाे उक्त घटनालाई फ्रान्सका आन्तरिक मामिला मन्त्री गेराल्ड डार्मानिनले आतंकवादी आक्रमणका रुपमा लिइएको बताएका छन्।

Parisians react to attack near Charlie Hebdo's former offices | France | Al  Jazeera

स्थानीय टेलिभिजनको उत्पादन टिममा काम गर्ने महिला र पुरुषमाथि चक्कु प्रहार भएको हो।

सन् २०१५ मा सार्ली एब्डोमा भएको आक्रमणमा १२ जनाको ज्यान गएको घटनालाई लिएर दुई आतंककारीलाई सहयोग गरेको अभियोगमा १४ जनाविरुद्ध मुद्दाको सुनुवाई जारी रहेका बेला आक्रमण भएको हो।

Paris attack: Two people stabbed near former Charlie Hebdo office - BBC News

उनले घटना इस्लामिक आतंकवाद जस्तो देखिने बिबिसीलाई बताएका छन्। 

प्रहरीका अनुसार उक्त घटना घटनउजे व्यक्ति पाकिस्तानी मूलका १८ वर्षे युवक हुन्। घटनामा मुख्य भूमिका खेलेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरिसकेकाे छ। 

Paris attack: Two people stabbed near former Charlie Hebdo office - BBC News

ती युवकसँग सम्बन्ध रहेका अरु ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रकाशित मिति: : 2020-09-26 07:26:16

प्रतिकृया दिनुहोस्