बलिउडकी चर्चित नायिका दीपिका पादुकोण ड्रग्स काण्डमा पक्राउ पर्ने सम्भावना बढेर गएको छ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोमबार राती दीपिका र उनको मेनेजर करिश्मा प्रकाशबीच ड्रग्सको किनबेचलाई लिएर गरिएको प्रमाण च्याटमार्फत प्राप्त गरेपछि बलिउडकी चर्चित नायिका पक्राउ पर्ने सम्भावना बढेको हो।
च्याटमा दीपिकाले आफ्नो नामको कोड डी राखेकी थिइन। दीपिका र करिश्माबीच ड्रग्सको विषयलाई लिएर भएको कुराकानी २८ अक्टुबर २०१७ को हो।
उनले करिश्मासँग ड्रग्समा प्रयोग हुने शब्द ह्यास र वीडको प्रयोग गरेकी छिन्। एनसीबीले बलिउड कलाकारको ड्रग्सको सम्बन्धलाई लिएर गहिरोसँग अनुसन्धान गर्न थालेपछि दीपिका केही दिनअघि मुम्बई छोडेर गोवा उडेकी थिइन्।
उनलाई केही दिनभित्र एनसीबीले बयानका लागि बोलाउने सम्भावना बढेको छ।