भारतको राज्यसभाका आठ विपक्षी सांसद एक साताका लागि निलम्बनमा परेका छन्।
आइतबार राज्यसभामा कृषि सुधार विधेयकबारे छलफल चलिरहँदा उनीहरु तोडफोड गर्दै अनुशासनहीनता देखाएपछि निलम्बनमा परेका हुन्।
सांसद्मा छलफल चलिरहँदा विपक्षीहरुले गरेको प्रदर्शनपछि केही समय अध्यक्ष एम वेन्कैया नायडूले बैठक रोकेका थिए।
साथै विपक्षीहरुले उपसभापति हरिवंशविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पनि खारेज गरिएको नायडूले जानकारी दिएका छन्।
विपक्षी सांसदहरु उपसभापतिको आसनमा पुगेर उनलाई आफ्नो कर्तव्य पालना गर्नबाट रोकेको पनि नायडूले बताए।
उनले भने, ‘यो दुर्भाग्यपूर्ण र निन्दनीय छ। सांसदहरुसँग मेरो आग्रह छ कि उनीहरुले यो घटनाको लागि आत्मालोचना गरुन्।’