डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पक्राउ

काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्।

प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट ज्यान गएको थियो।

घरघनी प्रेमकृष्णसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा शम्भुलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए।

आग्लो प्रहारबाट घाइते भएका महतोलाई उपचारको लागि किर्तिपुर अस्पताल लगिएकोमा शुक्रबार दिउँसो ज्यान गएको थियो। प्रेमकृष्णलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो। उनका दुई छोराहरु परमेश्वर र प्रमोद महर्जनलाई पनि पक्राउ गरिएकाे छ।

प्रकाशित मिति: : 2020-09-13 20:05:15

प्रतिकृया दिनुहोस्