महामारीका रुपमा विश्वलाई नै लपेटेको कोभिड–१९ को ‘हट–स्पट’ बनेको छ– वीरगञ्ज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा दुई दशकलामो सेवा गरी अवकाश ग्रहण गरेका वीरगञ्जका पुराना चिकित्सक डा. जे.एन. गिरी (जगतनारायण) पुख्र्यौली गाउँ पोखरिया नगरपालिकामा पर्ने वनकटुवा गाउँमा फर्केका छन् ।
वीरगञ्ज पश्चिमको अर्को नगरपालिका हो– पोखरिया । यसमा देहातका गाउँहरु समेटिएका छन् । सेवानिवृत ६६ वर्षीय डा. गिरीले नेपालबाट पोलियो उन्मुलन गर्ने अभियानमा योगदान गरेका थिए । उनले पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत खोप संयोजकका रुपमा २० वर्ष काम गरी दुई वर्षअघि मात्र डब्लुएचओबाट सेवानिवृत भएका हुन् ।
वीरगञ्ज शहर कोरोना महामारीले थला परेको छ । सेवानिवृत भएपछि उनी छोरा बुहारीसँग वीरगंज बस्थे । वीरगंजमा प्रशासनले दोस्रो निषेधाज्ञाको सूचना जारी ग¥यो । उनी चाहिँ यो उकुसमुकुसबाट बाहिर स्च्छन्द जीवनको खोजीमा जन्मथलो बनकटवा हानिए । देहातको गाउँ । शुद्ध हावा, स्वच्छ पानीमा बुढेशकालमा पत्नीसँगै रमाइलो दिनचर्या छ उनको ।
पुर्ख्यौली थलोको आनन्द
गाउँ पुगेका डा. गिरी अहिले झल्झली आफ्ना दिवंगत पिताको अनुहार सम्झिरहेका छन् । पिताजी जसले उनलाई खेतीपाती आफू धानेर डाक्टरी पढ्न पठाएका थिए । शिक्षक भइसकेका उनका दाजुको निधनपछि पनि विचलित नभई पिताजीले खेती धानेर आफूलाई सामाजप्रति समर्पित भएर काम गर्न दिएको प्रेरणा सम्झेर भावुक भएका छन् ।
‘मेरा आदर्श व्यक्तित्व मेरो आमाबुवा हुनुहुन्छ’, उनले गहभरि आँशु पार्दै अवरुद्ध भएको गलाबाट स्वर निकाले । मेरा आदर्श व्यक्तित्व मेरो आमाबुवा हुनुहुन्छ भनिरहदा उनको आँखा रसाएको थियो । अग्लो कद काठी, गोरो र सरल स्वभावका छन् उनी । दुई सन्तानका पिता हुन् । आफैँ हजुरबा भइसके पनि पुख्र्यौली थलोमा उनी आफ्ना पितामाताको अभाव महसुस गरिरहेका छन् ।
बाल्यकालदेखि नै खेत–खलिहानसँग अपनत्व कति हुँदो रहेछ भन्ने कुरा उनको भावनाबाट प्रष्ट झल्किन्छ । उनी भन्छन्, हर, फार र कुदार आदि कृषि औजार मात्र होइन अपितु हाम्रो उन्नतीको सारथी पनि हो भन्दै आफ्नो जिवनयात्रा खेतखलिहानबाट प्रारम्भ भएको बताए ।
अग्लोकद काठी, गोरो र सरल स्वभावका धनी उनी २ सन्तानका पिता हुन् । उनका जेठा छोरा पनि डाक्टर भएका छन् । ‘जीवनभरि अन्यत्र काम गरियो । अब जागीरबाट अवकाश लिएँ’, उनले भने, ‘जेठो छोराले वीरगंजमा अस्पताल संचालन गर्न लागेको छ । अब म पनि त्यहीँ सहयोग गर्छु ।’
गाउँमा बस्ना पाउँदा उनी दङ्दास छन् । बाल्यकालदेखिका खेत–खलिहानसँग उनको कति अपनत्व छ भन्ने उनको भावभंगीबाटै झल्किन्छ । उनी भन्छन्, ‘हर, फार र कुदार (हलो, फाली कोदाली) जस्ता कृषिऔजार हाम्रो हातपाउँजस्तै हुन् । मेरो जीवनयात्रा यही खेत–खलिहानबाट प्रारम्भ भएको हो ।’
पहिले पोखरिया आउँथे, घरमा अभिभावकका रुपमा पिता–माताजी हुनुहुन्थ्यो । हिजोको पिताजीको भूमिकामा अब उनी आफैँ पुगेका छन् । ‘सबैले एकदिन इहलोक त्याग्नुपर्छ भन्दै हामीलाई सम्झाउने बुबाका साथै आमा र दुई जना दाइहरु विधिको विधानअनुसार परलोक भइसक्नुभो’, उनी भावुक भए, ‘मैले आजीवन उहाँहरुलाई स्मरणमा रहिरहने छु ।’
एक अभिभावकको रुपमा सेवानिवृत जीवन खुशीसाथ पत्नी, छोराबुहारी, पोतापोति र भाइ–भतिजहरुस“ग व्यतित भइरहेकोमा उनी आनन्दित छन् ।
संंसारलाई एकसाथ गाँज्ने महाव्याधि कोरोना भाइरस संक्रमणको प्रश्नमा भने, ‘नयाँ भाइरस कोरोनाको संक्रमणबाट बच्न ज्येष्ठ नागरिक, बच्चा, बिरामी र गर्भवती महिलाले विशेष सतर्कता अपनाउनुपर्छ । लापरवाही कसैले पनि गर्नुहु“दैन ।’
उनले भने, ‘मास्कको अनिवार्य प्रयोग, घरबाहिर जाँदा भौतिक दूरी कायम राख्ने, बारम्बार साबुनपानीले हातधुने लगायतको बानीलाई दिनचर्याको अनिवार्य शर्तको रुपमा निर्विकल्प अवलम्बन गर्नुपर्दछ । अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको मनोबल उच्च राख्ने सवालमा समग्र समाजलाई दायित्वबोध हुनुपर्दछ ।’
संघर्षपूर्ण विगत
वि.स.२०११ सालमा ५ दाजुभाई र एक वहिनीमध्ये परिवारमा तेस्रो सन्तानको रुपमा उनको जन्मभयो । परिवारका अन्य बालबालिका जस्तै उनको पनि शारिरिक वृतिविकास हुदैगयो । ६ बर्षिय बालकलाई एकदिन बुवाले भन्नुभयो, ‘भोलिदेखि तिमि पढ्न जानुपर्छ ।’
बुवाको मुखबाट यति कुरा सुनेपछि ठूल्दाई जस्तै अब मैले पनि पढ्न जानुपर्छ भनेर उनलाई असाध्यै रमाइलो लाग्यो । तर, बालपन स्वभाव अनुसार उनी सोचे, पढाई भनेको चिनियाबेदाम (देहाती एक प्रकारको मिठाइँ) जस्तै त होला नी । गाउँबाट झण्डै आधाकोश उत्तर लमरिया भन्ने गाउँदेहातबाट उनको शैक्षिक यात्रा शुरुभयो । भारतको तिरहुतबाट आएका शिक्षक गाउँमा वास बस्दथे र पढाउँथे ।
ती शिक्षकहरु कखरा र पहडा (टेबल) लगायतका अनौपचारिक शिक्षा मात्र दिन्थे । शुल्कको रुपमा शनिचरा÷बिफैया अर्थात् प्रत्येक शनिवार÷विहिवार सिदा (चामाल र पैसा) दिनुपथ्र्यो । गाउँका साथीहरुसँगै उनी पनि जानथाले । बाल्यकालको अनिवार्य नियमानुसार पढ्नजाने मन नभएकोबेला दाईहरुले जबरजस्ती पिठ्यूमा बोकेर पठनस्थल पुर्याइदिएकोे सम्झना उनलाई अति रोमाञ्चक लाग्छ ।
अनौपचारिक शिक्षापछि गाउँदेखि करिब ३ कोश दक्षिण–पूर्व रानिगंजको महोवनी निम्नमाध्यमिक विद्यालयको यात्रा कक्षा २ बाट प्रारम्भ भयो । राजेन्द्र प्रसाद चौहान, सदानन्द कुर्मी, अनरुद्ध गिरी र चन्द्रदेव ठाकुर लगायत गाउँका करिब २० जना विद्यार्थीहरुसँगै उनी पनि विद्यालय जानथाले । उक्त विद्यालयमा कक्षा ७ सम्मको शिक्षा पुरा गरे ।
वि.स.२०२४ सालमा तत्कालिन श्री जिल्ला उचा·ल मावि पोखरियाको कक्षा ८ मा नामांकन भयो । फुसको विद्यालय निर्माण हुने क्रममा रहेकोले चौर र रुखको छहारीमुनि पढाईहुन्थ्यो । त्यसबेला ठूलोदाई बावुनन्द गिरी सोही विद्यालयमा अंगे्रजी शिक्षक हुनुहुन्थ्यो ।
शुरुदेखि नै दाईको छायाप्रभावले अंग्रेजी बिषयमा उनको रुचि र पढाईप्रति लगनशीलता बढ्दै गयो । दुर्भाग्यवश, कक्षा ८ को अन्त्यतीर जिवनको सबैभन्दा ठूलो दुखद घटना घट्यो । जसको कारण पारिवारको शैक्षिक प्रगति हुन थालेको थियो सोहि बावुनन्द दाईको देहावसान भयो ।
जीवनभरि दाजुको रिक्तता
दाइको बिहे भइसकेको थियो र एक छोरा थियो । उनले भने, त्यो भन्दा मर्माहत क्षण जीवनमा कहिल्यै आएन । दाइको अभावमा दिनको उज्यालो पनि रातको अध्यारो समान लाग्दथ्यो । बुवा मानसिक रुपले विक्षिप्त हुनुभयो ।
तथापि आफूलाई नियन्त्रण गर्दै माईसगै हामी सबैलाई सान्तवना दिनुहुन्थ्यो । सबैले एकदिन भूलोक त्याग्नुपर्छ भन्दै सम्झाउनु हुन्थ्यो । तर एक्लै हुँदा कसैले नदेख्ने गरी भक्कानो छोडी रुनुहुन्थ्यो । धेरै पटक म बुवाको सिरानीमा पानी जस्तै द्रव्य महसुस गरेको थिए । मलाई यकिन भइसकेको थियो, उक्त पानी जस्तो द्रव्य दाईको वियोगमा वुबाको आँखाबाट निस्केको अश्रुधारा हो ।
पढाई लगायत घरसारको काममा मन लाग्न छोड्यो । न त कक्षा ८ को परीक्षा राम्रोसँग दिए न त परीक्षाफल भन्न लायक आयो । कक्षा ९ मा पनि उत्साहजनक शैक्षिक प्रगति भएन । आफन्त, छिमेकी, गाउँसमाज र बुवाका इष्टमित्रहरुको सान्तवना र अपनत्वले परिवारिक जीवन विस्तारै सहज हुनथाल्यो । बुवा र माहिलो दाइको खेतीपातीबाट आर्जित कृषिउपज नै परिवारको प्रमुख आयश्रोत थियो ।
बुवा तथा माहिलो दाइलाई सघाउनुपर्छ र सानाहरुलाई पढाउनुपर्छ भनेर विचार उत्पन्न भयो । माई (आमा) सँग विचार व्यक्त गरे । अभिभावकस“ग हतपति कुनै प्रस· राख्न त्यति सजिलो हुँदैन थियो । मैले भनेको कुरा माईले बुवालाई भन्दिनुभयो ।
एकदुईदिनपछि हामी खेतमा हुँदा बुवाले भन्नुभयो, ‘तिमिले जेठोे (स्व.बाबुनन्द) दाई जस्तो योग्यता हासिल गर्नुपर्छ अनिमात्र उसको आत्मालाई शान्ति प्राप्त हुनेछ, उसले तिमिलाई धेरै माया गथ्र्यो, पारिवारिक चिन्ता नगर, पढाईतर्फ ध्यानदेउ ।’ यति भन्दै खेतमा सोहनी गरिरहेका माहिला दाईलाई ठूलो स्वरमा आवाज दिँदै बुवाले भन्नुभयोे, साँझके खाद छिटेको परी बवुओ (साझ खाद्य छिट्नुपर्छ बाबु) ।
बुवाको शब्दले मुटुभित्र तरंग· उत्पन्न भयो । म कक्षा १० मा थिए । उक्त बिद्यालयको पहिलो बैचको एसएलसी परीक्षामा पास हुने दुईजनामध्ये एउटा म पनि थिए । त्यसपछि ठाकुरराम क्यामपसमा नामांकन भयो । जीवनमा के बन्छु ? भन्ने कुरा यतिबेलासम्म मनमा अंकुरीत भएको थिएन । यतिमात्र कत्र्तव्यबोध थियो, म विद्यार्थी हू र पढ्नुपर्छ ।
जीवनको अर्को मोड आयो । माधोपुरका विकाऊ गिरी जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा कार्यरत हुनुहुन्थ्यो । उहाँबाट हेल्थ असिस्टेन्टको लागि विज्ञापन खुलेको कुरा जानकारीमा आयो । बुवाबाट पनि हौसला प्राप्तभयो । पहिलो पटक काठमाडौंको यात्रा गर्नुपर्ने कुराले उकालो–ओरालो बाटो, खोलानाला र पहाड आदिको काल्पनिक ख्यालले प्रत्यक्ष अवलोकन गर्ने कौतुहलता बढ्दै गइरहेको थियो ।
एचए बन्न काठमाडौं यात्रा
एकदिन बिहान हामी विद्यार्थी साथीहरु चढेको बस काडमाडांैको लागि गुड्यो । हाँस्दै उनी भने, बसको सेलेन्सरबाट निस्किने धुवा बसभित्रै आइरहेको थियो । आँखा मिच्दामिच्दै रातो भइसकेको थियो ।’ गाँउका अग्रजहरुले भन्नुभएको थियो, नौबिसेको उकालो कट्ने बित्तिकै काठमान्डौ उपत्यका पोखरी जस्तो देखिन्छ रे ! उकालो आयो पनि । साथीले कन्डक्टरलाई भन्यो, ‘दाई हामीलाई सुनधारा झारिदिनुहोला, है ।’ कन्डक्टरले उत्तर दियो, अन्तिम बिसौनी नै सुन्धारा हो, पुगेपछि थाहा भइहाल्छ नि ।’
उकालो कट्ने बित्तिकै दाईहरुले भनेझैं शहर देखिएन । करिब आधा घण्टा बस गुडेपछि मात्र शहर देखियोे । बस बिसौनीमा बस रोकियो । हामी झोला लिएर झर्न लाग्यौं । कन्डक्टरले भने, ‘टाढा नजानु, बस बढी समय रुक्दैन ।’ हामी टोलाउ“दै सोध्यौं,‘दाइ, यो सुन्धारा होइन ?’
रातोपिरो हुँदै कन्डक्टरले भन्यो, यति चाँडै सुन्धारा आइपुग्छ र ! यो हेटौडा हो ।’ हामी झस्कियौं । एकजना यात्रीबाट थाहा भयो, अघि कटेको त चुरे पहाड थियो ।
प्राकृतिक र अद्भुत दृश्यावलोकन गर्दै करिब १४ घण्टाको यात्रापछि सुनधारा पुगियो । रातीको ८ बजिसकेको थियो । धेरैबेर भौंतारिएपछि एउटाकोठा मात्र खाली रहेको लज भेटायो । एउटै कोठामा झण्डै ८÷१० जना हामी बसेका थियौं । कोठाले हाम्रो संख्यालाई धान्न नसक्ने भएपनि दिनभरिको थकाईले कतिखेर निद्रा लाग्यो, पत्तो भएन । भोलीपल्ट फर्म भर्ने काम भयो । रोमान्चक र शिक्षाप्रद काठमान्डौको उक्त पहिलो यात्रा आजिवन बिर्सन सकिन्न ।
रसिया जाने मौका पनि पाएको थिए । जीवनको गोरेटोमा शायद उक्त बिन्दु थिएन र पछुतो पनि लाग्दैन । किनभने जीवनमा कतिबेला कुन भाग्य बिन्दु आउँछ, कसैलाई पत्तोहुँदैन । हेल्थअसिस्टेन्टमा छनौट भईसकेपछि जिवनमा पुनः अर्को बिन्दु आयोे । एकजना विवाहको प्रस्ताव लिएर घरमा आए । आगन्तुकलाई बुवाले भन्नुभयो, पहिले खाना खाउँ, विवाहको कुरा पछि गरौंला ।’ केटिपक्षले अडि कसे, पहिले वचन दिनुस् त्यसपछि मात्रै खाउ“ला । दुबैजनाबिच धेरैबेर खाने बिषयमा जुहारी चल्यो । वचन नदिएसम्म खान्न भन्दै केटिपक्षले अडानबाट टसमस भएनन् ।
हामी कहाँ मान्यता छ, अतिथि देवो भव । हाम्रो संस्कृतिमा अतिथिलाई देवतुल्य मानिन्छ । अनादर गर्नुहुदैन । तर, आज कोरोनाकालमा अतिथिबाट डराउनुपर्ने अवस्था आइसकेको भन्दै हास्यमय माहौल हुँदै प्रस· अघि बढ्यो, बुवाले वचन दिनुभयो । विवाह पक्का भयो । वि.स.२०३० सालमा हेल्थ असिस्टेन्टको कक्षा शुरु हुनु अगावै विवाह सम्पन्न भयो । विवाहमा पालकी र रेल चढेर बेहुलीको घर भारतको बगहासम्म गएको क्षण ताजै छ उनलाई ।
वि.सं २०३३ सालमा हेल्थ असिस्टेन्ट पदमा सरकारी सेवाको शुभारम्भ भयो । वि.स.२०३६ सालमा छात्रवृति कोटाबाट महाराजगंज मेडिकल क्यापसमा एमबीबीएस पढ्ने अवसर पाए । एमबीबीएस सएिकलगतै जिल्ला जनस्वस्थ्य प्रमुखको रुपमा काठमान्डौमा पदभार ग्रहण गरे । चितवन र नवलपरासी लगायत अन्य जिल्लामा पनि जिम्मेवारीपूर्वक काम गरे ।