एआर रहमानविरूद्ध कर छलीको मुद्धा अदालतमा

ओस्कार अवार्ड विजेता भारतीय संगीतकार एआर रहमान कर छलीको विवादमा फसेका छन्। उनलाई मद्रास उच्च अदालतले आम्दानीमा लाग्ने करसँग जोडिएको कुरामा स्पष्टीकरण माग गरेको छ। 

रहमानमाथि आरोप लागेको थियो, उनले आफ्नो च्यारिटी ट्रस्ट एआर रहमान फाउन्डेसनमार्फत ३ करोडभन्दा बढी पैसा कमाईं गरेका छन्। यो उनले कर छली गर्ने उद्देश्यले गरेको आरोप लागेको छ। 

कर विभागका वकिलले बेलायती टेलिकम कम्पनीका लागि विशेष रिङटोन निर्माणका लागि रहमानले २०११–१२ मा एउटा सम्झौंतामा हस्ताक्षर गरेको र यसमार्फत ३ करोड ४७ लाख रुपैया कमाईं भएको बताएका छन्। 

सम्झौंता अनुसार रहमानले रकम आफ्नो फाउन्डेसनको नाममा ट्रान्सफर गर्न लगाएको उनले बताए। 

ट्रस्टको रकममा कर तिर्नु पर्दैन। रहमानले कर नतिर्ने नियतले यस्तो गरेको कर विभागको दावी छ। यस विषयमा रहमानले कुनै प्रतिक्रिया जनाएका छैनन।

प्रकाशित मिति: : 2020-09-11 15:33:19

प्रतिकृया दिनुहोस्