जुम्लामा एकै दिन ४२ जनाले जिते काेराेना

फाइल तस्वीर

जुम्ला बिहिबार एकै पटक ४२ जनाले काेराेना जितेका छन्। 

निर्माण व्यवसायी संघको हलामा निर्माण गरिएकाे आइसाेलेसनमा रहेका २६ जना, जिल्ला कारागार, हिमा गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेशनमा रहेका क्रमश ८, ६ र २ जना गरी ४२ जनाको नतिजा नेगेटिभ आएकाे सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए।

उनीहरु सबैलाई डिस्चार्ज गरिएकाे छ।

निर्माण व्यवसायी संघमा निर्मित आइसोलेसनमा रहेका व्यक्तिहरुलाई नियमित योगा र प्रतिरक्षा बढाउने आयुर्वेद औषधी र कारागारमा रहेका व्यक्तिहरुलाई समेत आयुर्वेद औषधी प्रयोग गरिएकाले थप बल पुगेको आयुर्वेद शाखा जुम्लाका प्रमुख डा प्रतिभा शर्माले जानकारी जानकारी दिइन्।

प्रकाशित मिति: : 2020-09-10 21:29:21

प्रतिकृया दिनुहोस्