सुशान्त आत्महत्या प्रकरण: रिया चक्रवर्ती पक्राउ

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्स कनेक्सनको छानवीन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दोस्रो दिन सोमबार पनि रिया चक्रवर्तीलाई पक्राउ गरेको छ।

पक्राउपछि रियाको मेडिकल टेस्ट गरिनेछ। 

ड्रग्स खरिद विक्रीको मुद्धामा एनसीबीले गत शनिबार नै रियाका भाई शौविक चक्रवर्तीलाई पक्राउ गरिसकेको छ। उनी ४ दिन न्यायिक हिरासतमा छन्। 

उनकै बयानका आधारमा एनसीबीले रियालाई सोधपुछका लागि आइतबार बोलाएको थियो। तर, उनी ढिलो गरि एनसीबीको कार्यालय पुगेकी थिइन। 
आइतबार उनीसँग ६ घण्टा लामो सोधपुछ भएको थियो। जसमा उनले ड्रग्स मगाउने गरेको स्वीकार गरेकी छिन्। 

एनसीबीले आइतबार सुशान्तको घरमा काम गर्ने सामुअल मिरान्डा, दीपेश सावन्त, शौविक चक्रवर्ती र रियालाई एकै ठाउँमा राखेर सोधपुछ गरेपछि ड्रग्सको थुप्रै र्याकेटको जानकारी प्राप्त भएको थियो।

प्रकाशित मिति: : 2020-09-08 16:09:00

प्रतिकृया दिनुहोस्