सुन्दर देख्नका निम्ति अपनाउनुहोस्, यी उपाय !

सुन्दर देख्न नचाहने हो हुन्छन् होला र ? जब सुन्दरताको कुरा आउँछ, मान्छेहरु अधिक सजग हुन्छन् र कालो दागहरु, झिम्का र डण्डीफोरबाट छुटकारा पाउन हरेक सम्भावित प्रयास गर्छन्। कोरोना महामारीको कारण ब्यूटी पार्लर जानु केही जोखिमपूर्ण भएको छ, जसकारण युवतीहरू जान सकेका छैनन्। तर सुन्दर देखिनका लागी ब्यूटी पार्लर नै ध्याउनुपर्छ भन्ने छैन्। किनकी तपाईको भान्सामा यस्तो सामग्री उपलब्ध छ, जसले  तपाईको छालालाई चम्किलो बनाउनका साथै सौन्दर्यलाई बढाउन मदत गर्छन्। त्यसैले आउनुहोस् जनोउन उक्त उपायहरूबारे। जसलाई तल निम्न लिखित दिइएको छ। 

मह
यदी तपाई आफ्नो छाला चम्काउन चाहनुहुन्छ भने महको प्रयोग गर्ने गर्नुहोस्। किनकी मह छालाको लागि धेरै फाइदाजनक हुन्छ, महमा जैतुनको तेल मिसाएर प्रयोग गर्ने हो भने यसले चिपचिपा हटाई सुन्दर देखाउदछ। 

एलोवेरा
कच्चा एलोवेरा वा एलोवेरा जेलको प्रयोग पनि तपाईंको अनुहारको लागि फाइदाजनक छ। अनुहारको गाढा दाग हटाउनको लागि एलोवेरा र जेल केही समयको लागि अनुहारमा लगाउनुहोस् र त्यसपछि अनुहारको गुनगुनाएको पानीले सफा गर्नुहोस्। यसले तपाईंको छाला उज्यालो पार्छ।

कागतीको रस
यसमा पाइने एन्टिआक्सीडन्ट र एस्कॉर्बिक एसिडले तपाईंको अनुहार चम्काउन मदत मिल्दछ। तपाईंको अनुहारमा केही समयको लागी रस लगाई सुकाएर यसलाई पानीले धुनुहोस्। यसले तपाईंको अनुहारमा ब्लीचिंग एजेन्टको रूपमा काम गर्नेछ।

टमाटर
टमाटर भित्र एन्टी अक्सीडन्टहरू छन्, जसले छालालाई पोषण प्रदान गर्दछ। बीचबाट टमाटर काट्नुहोस् र अनुहारको घेरामा घसार्नुहोस् र केही समयको लागि हल्का मालिस गरेर १० मिनेटको लागी छोडेर सफा पानीले धुनुहोस्। जसले गर्दा तपाईंको छाला चम्किलो देखिनेछ।


 

प्रकाशित मिति: : 2020-09-02 19:20:59

प्रतिकृया दिनुहोस्