व्यङ्ग्यका दुई मुक्तक

लाख बोल! करोड़ बोल! बोलेर मोल चिनिन्न
राम्रो नहेरी विचारै नगरी त्यसै माल किनिन्न
पारखीले परखेपछि चौकोणबाट जाँचेपछि
तबमात्र सोच  बनाइन्छ  जथाभाबी  बिनिन्न। 
                            (१)

रचनामा  यो   नगर्  त्यो   नगर्  पो  भन्छ
आफूलाई ढाडे अरूलाई  मुसो गन्छ
के हो र ऊ,उसको खटनमा चल्नुपर्ने?
जीरो छ आफू भने-सडक-छाप-हीरो बन्छ। 
                           (२)

प्रकाशित मिति: : 2020-08-29 18:09:00

प्रतिकृया दिनुहोस्