बालासुब्रमन्यमको कोरोना नेगेटिभ, स्वास्थ्यमा सुधार

भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तर, उनको स्वास्थ्य अवस्था भने अझैं स्थित छ। 

स्वास्थ्यमा समस्या भएपछि बालासुब्रमन्यमलाई ५ अगस्टमा हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो। यही उनलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो। स्वास्थ्य अवस्था कमजोर भएपछि विगत एक सातादेखि उनी आइसीयूमा भर्ना थिए। 

‘बुवाको स्वास्थ्यमा सुधार आएको छ। अहिले अवस्था स्थिर छ। कोरोनाको रिपोर्ट पनि नेगेटिभ आएको छ,’ बालासुब्रमन्यमका छोरा एसपी चरनले जानकारी दिएका छन्। 

७४ वर्षीय बालासुब्रमन्यमले थुप्रै हिन्दी तथा क्षेत्रीय भाषाको गीत गाएका छन्।

‘मैने प्यार किया’ फिल्ममा उनको आवाजबाट सलमान खान हिट भएका थिए।

प्रकाशित मिति: : 2020-08-24 17:37:48

प्रतिकृया दिनुहोस्