कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु

राप्ती नगरपालिका—१३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाएकोमा राति अवेर उनको शव भेटिएको उनले जानकारी दिए। घटना स्थलमा आज  प्रहरी जाँदै गरेको उनले बताए ।

चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । सडक बिग्रेकाले गाडी नचल्दा पैदल नै जानुपर्ने भएकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: : 2020-08-22 21:17:21

प्रतिकृया दिनुहोस्