सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

शनिबार विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने प्रहरीले जनाएकाे छ । 

पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।

प्रकाशित मिति: : 2020-08-22 07:46:16

प्रतिकृया दिनुहोस्