रिलायन्स इन्स्योरेन्सको ६३ करोडको आइपिओ निष्कासन, सर्वसाधारणलाई ५६ लाख ७० हजार कित्ता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री–वितरण बिहीबारदेखि खुला गरेको छ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आइपिओ निष्कासन गरेको जनाएको छ। सर्वसाधारणले ५६ लाख ७० हजार कित्ता आइपिओ खरिद गर्न पाउनेछन्।

यसैगरी, ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। 
आवेदकले न्यूनतम १० देखि अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपिओका लागि छिटोमा भदौ ८ सम्म आवेदन दिन पाइने छ भने यो अवधिमा बिक्री नभए भदौ २२ सम्म लम्ब्याइने छ।
रिलायन्सको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। यसबाहेक ‘मेरो सेयर’ बाट पनि आवेदन दिनसक्ने जनाइएको छ।

हाल १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेकोमा निष्कासनपछि २ अर्ब १० करोड पुग्ने छ। नेपाल धितोपत्र बोर्डले साउन १६ गते आइपिओ निष्कासन गर्ने अनुमति दिएको थियो। 

प्रकाशित मिति: : 2020-08-20 13:57:38

प्रतिकृया दिनुहोस्