प्रचण्डसँग किन टाढिए पूर्वमाओवादीकै नेताहरु?

नेपाल लाइभ

काठमाडौं

वीरेन्द्र ओली

नेकपाको गत मंगलबार स्थायी कमिटी बैठक स्थगितपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूह बैठक चलाउने पक्षमा पुगे। नेपाल पक्षबाट वरिष्ठ नेता झलनाथ खनाललगायत १४ जना स्थायी कमिटी सदस्य बैठकमा सभागी भए। तर, प्रचण्ड पक्षका भनिएका चार जना नेताले सहभागिता नै जनाएनन्।

सचिवालयमा रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा भएपनि थापा बैठकमा गएनन्। मन्त्रालयकै काममा व्यस्त भएको भन्दै थापा पक्ष विपक्षमा शक्ति देखाउने बालुवाटार बैठकमा अनुपस्थित भएकाे बताइन्छ।

प्रकाशित मिति: : 2020-07-31 13:30:14

प्रतिकृया दिनुहोस्