वीरगञ्जमा लकडाउन खुकुलो भएसँगै बजारमा बढेकाे भिडभाडलाई नियन्त्रण गर्न र सामाजिक दुरी कायम गराउन गोलाकार रेखा बनाउने अभियान शुरु भएको छ ।
सोमबार ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा पहिलो दिन वीरगञ्जको आदर्शनगरमा पसल अगाडि गोलाकार रेखा भित्र बसेर सामान खरिद गर्ने व्यवस्था मिलाउने अभियान शुरु गरिएको ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बजारमा मानिसहरुको दिनहुँ बाक्लो उपस्थितिलाई व्यवस्थित गराउनका लागि ग्रिनसिटी सामुदायिक केन्द्र, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी पर्सा, वडा प्रहरी कार्यालय विर्ताको संयुक्त आयोजनामा सो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक कमल राज पण्डितले बताए ।
वीरगञ्ज महानगरपालिका १० आदर्शनगरको लोहारपट्टि चाेकदेखि ग्रीन सिटी चोकसम्म रहेका पसल र बजारहरुमा आउने मानिसहरुलाई कोरोनाबाट कसरी जोगिने भने जनचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।