पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै जुम मिटिङमा पोर्न भिडियो बजेपछि…

पछिल्लो समय ‘जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ। कोरोना भाइरसको जोखिमका कारण मानिसहरु भर्चुअल मिटिङमा सहभागि हुने गरेका छन्। तर, सोमबार भने भर्चुअल मिटिङमै एउटा अनौठो घटना घटेको छ।
  
नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ।
  
मन्त्री बोलिरहँदा एक्कासी अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीले पार्ने भिडियो प्ले गरेको थियो। 

मन्त्री सहित करिब २ सय जना सहभागि रहेको मिटिङमा पोर्न भिडियो प्ले भयो।

यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ ।

भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गाइडलाइन नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

 

प्रकाशित मिति: : 2020-06-22 14:45:17

प्रतिकृया दिनुहोस्