जर्मनीमा हिरा र मोबाइल पसल लुटपाट, प्रहरीमाथि शिशा प्रहार, गाडीमा आगजनी

जर्मनीमा कोरोना भाइरस महामारीकै बिचमा लुटपाट मच्चिएकाे छ। 

हुल्याहाहरुको एक समूहले विभिन्न स्टुटगार्ट शहरका पसलहरुमा तोडफोड गरी लुटपाट मचाएका हुन्। 

जर्मनीका संञ्चारमाध्यमहरुका अनुसार प्रहरीले लागुपदार्थबारे सोधपुछ गर्ने क्रममा आक्रोशित बनेको हुल्याहाहरुको समूहले प्रहरीको गाडीमाथि तोडफोड र आगजनी गरेका थिए। 

उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेलगतै कूध बनेका हुल्याहाहरुको समूहले हिरा र मोबाइल पसलबाट सामानहरु लुटपाट गरे।

रातको समयमा घटना भएकाले बन्द गरिएका पसलहरु तोडफोड गरिएको हो। प्रहरीको दर्जनौं गाडीहरु ध्वस्त भएका छन् भने लाखौं डलर बराबरको सामान लुटिएका छन्।

साथै उक्त हुल्याहाहरुको समूहले प्रहरीमाथि फुटेका शिशाहरुले प्रहार गर्नुका साथै जथाभावी रुपमा ढुंगामुढा गरेका छन्। यसक्रममा केही प्रहरी अधिकारीहरु घाइते भएकाे सञ्चारमाध्यमहरुले जनाएका छन्।

यद्यपि प्रहरीले मास्क र टाउको छोप्ने कपडा लगाएका समूहका २४ जनालाई नियन्त्रणमा लिएको छ। जसमा केही जर्मन नागरिक छन् भने केही गैर जर्मन हुन्। 

प्रकाशित मिति: : 2020-06-22 07:55:00

प्रतिकृया दिनुहोस्