चीन मुद्धामा राहुलको पाँच दिनमा पाँच ट्वीट– नरेन्द्र मोदी वास्तवमा ‘सरेन्डर मोदी’ हुन्

भारत र चीनबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा भइरहेको तनावको स्थितिका बीच प्रतिपक्षी दलका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्रीलाई चीनसँग ‘सरेन्डर’ गरेको आरोप लगाएका छन्। 

आइतबार लगातार पाँचौ दिन पाँचवटा ट्वीट गर्दै भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुलले लेखेका छन्, ‘नरेन्द्र मोदी वास्तवमा ‘सरेन्डर मोदी’ हुन्। 

गत सोमबार गलवान क्षेत्रमा भएको झड्पमा २० भारतीय सैनिकको निधन भएको थियो। जसमा एक जना कर्नेल पनि समावेश थिए। यो घटनापछि प्रधानमन्त्री मोदीलाई सीमा रक्षा गर्न नसकेको भन्दै राहुलले अनवरत ट्वीटमार्फत घेर्दे आइरहेका छन्। 

भारतीय कांग्रेसले नेपालसँगको सदियौंदेखिको सम्बन्ध पनि मोदीको कार्यकालमा सबैभन्दा खराब चरणमा पुगेको भन्दै मोदीको वैदेशिक कूटनीति असफल भइसकेको आरोप लगाएको थियो। 

राहुलले शनिबार पनि प्रधानमन्त्री मोदीले चीनसँग आत्मसमर्पण गरेको आरोप लगाएका थिए। उनले यसअघि सीमाको रक्षा गर्न भारतीय सेनालाई बिना हतियार पठाएको भन्दै सरकारको कटु आलोचना गरेका थिए।

प्रकाशित मिति: : 2020-06-21 18:11:47

प्रतिकृया दिनुहोस्