गुल्मीका संक्रमितकाे निधन भएपछि मात्रै कोरोना संक्रमण पुष्टि

नेपालमा थप एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ। पछिल्लाे पटक  गुल्मीका ६९ वर्षे पुरुषको निधन भएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतक छत्रकोट गाउँपालिका ५ मैन डाडाँका पुरुष हुन्। मृतक पुरुष जेठ २५ गते भारतबाट प्यारालाइसिसको उपचार गरी घर फर्किएका थिए।

उनकाे हाेम क्वारेन्टाइनमै बसेकाे बेला असार ५ गते निधन भएको हो। उनको पनि निधन भएपछि मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

'जेठ २५ गते नमुना संकलन गरी भैरहवा पठाइएकोमा असार ६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो,' डा गौतमले भने।

नेपाली सेनाको टोलीले ती पुरुषको शव शनिवार व्यवस्थापन गरिसेकेका छ। यो सँगै नेपालमा संक्रमित मृतकको संख्या २३ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-21 17:24:31

प्रतिकृया दिनुहोस्