कर्णाली प्रदेशमा थप ११ मा कोरोना पुष्टि, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट ११ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका १ जना रहेका छन्। योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।

कर्णालीमा आइतबार नै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेश अस्पता सुर्खेतको आसोलेसनबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसको आसोलेनबाट ३ जना, दैलेख नौमुलेको आसोलेसनबाट ७ जना र जाजरकोट अस्पतालको आसोलेसनबाट एकजना गरी १४ जना डिस्चार्ज भएका हुन्।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ। हालसम्म ४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-21 14:30:18

प्रतिकृया दिनुहोस्