पछिल्लो २४ घन्टामा नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७४१६ पीसीआर परीक्षणमा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। जसमध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन्। यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना महिला र १ सय ५८ जना पुरुषसहित कुल १ सय ७६ जना निको भएर घर फर्किएका छन्। यससँगै अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ। जसमध्ये १ सय ४१ महिला र १ हजार ४ सय २७ पुरुष रहेका छन्।
अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ।
मन्त्रालयका अनुसार शनिबारसम्म देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन्।
अहिलेसम्म कुल ७४ जिल्लामा कोभिड १९को संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएको छैन।