भारतमा संक्रमितकाे संख्या चार लाख नजिक, देहरादूनमा ४८ घण्टे लकडाउनको घोषणा

भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतभर संक्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ।

भारतमा निको भएर घर फर्किने संक्रमितको संख्या दुई लाख १४ हजार २०९ रहेको छ। अझै उपचाररत संक्रमितको संख्या एक लाख ६९ हजार तीन रहेको छ।

देहरादूनमा शुक्रबार साँझदेखि ४८ घण्टा लामो बन्दाबन्दीको घोषणा 

कोभिड–१९ संक्रमितको संख्या बढेसँगै भारतको उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लामो बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरेको छ।

देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेले बन्दाबन्दीको निर्णय पुष्टि गरे। 'दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार बिहान ७ बजेसम्म कायम रहनेछ', उनले भने, 'देहरादूनमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमित रोकथाम र नियन्त्रणका साथै विरामीको व्यवस्थापनका लागि राज्य सरकारले ४८ घण्टा शहर बन्द गर्ने निर्णय लिएको हो।'

बन्दका समय अतिआवश्यक सामग्रीको आपूर्ति गर्ने सेवा, खाद्यान्न तथा तरकारी पसल, औषधि पसललगायतलाई भने यो निर्णय लागु हुने छैन।

 भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका अनुसार उत्तराखण्ठमा शनिबारसम्ममा कूल दुई हजार १७७ जना संक्रमित भएका छन्। यसमध्ये एक हजार ४३३ जना निको भई घर फर्किएका छन्। 

भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। भारतभर संक्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ। 

भारतमा निको भएर घर फर्किने संक्रमितको संख्या दुई लाख १४ हजार २०९ रहेको छ। अझै उपचाररत संक्रमितको संख्या एक लाख ६९ हजार तीन रहेको छ।

प्रकाशित मिति: : 2020-06-20 15:56:29

प्रतिकृया दिनुहोस्