यो छाति नै तिम्रो सुख - दु:खको  सहर होला

मुक्तक

     (1)
निभ्ने छैन आशाको दियो सागर तरेर गएपनि 
मर्ने छैन यो अमर वृक्ष फूल सबै झरेर गएपनि
जीवित भएसम्म तिम्रै प्रतीक्षा रहने छ प्रिय, 
कम हुँने छैन मेरो माया जीवन यो मरेर गएपनि।
       (2)
चारैतिर खुसियाली छ पक्कै तिमी आएर होला
मन पनि आनन्द छ सुन्दर साथी पाएर होला
सबै ऋतुहरु वसन्त झैँ लाग्न थालेको छ सानू,
तिमीले मीठो स्वरमा मायाको गीत गाएर होला।
        (3)
मेरो दिलको भित्तामा तिमीलाई सजाउँने रहर जाग्यो
तिम्रो अनुहार हेरेर आफैँलाई लजाउँने रहर जाग्यो
तिमी हुन्छ मात्रै भनिदेउ सबै चाँजोपाँजो मै मिलाउछु,
यहीँ महिनमा  पञ्चेबाजा  बजाउँने रहर जाग्यो ।
        (4)
तिम्रो र मेरो सुन्दर सानो एउटा घर होला
दुबैका अनेकौं मीठा-मीठा आफ्नै रहर होला
तिमी सधैं मेरै भैदेउ सानू म यहीँ स्वर्ग बनौंनेछु,
यो छाति नै तिम्रो सुख -दुखको  सहर होला।  

प्रकाशित मिति: : 2020-06-20 12:11:10

प्रतिकृया दिनुहोस्