शुक्रबार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव आउने भएको छ।
त्रिभुवन विमानस्थल महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कतार एयरलाइन्सले २० शव ल्याइएकाे छ भने जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक/एक वटा शव ल्याइएकाे छ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनकुमार श्रेष्ठका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङको शव आएकाे छ।
यसैगरि सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डल, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतार एयरलाइन्सले ल्याएकाे छ।
कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ वटा परिवारले काठमाडौंमा जिम्मा लिएका छन् भने बाँकीलाई उनीहरुका जिल्लामा पुर्याइने श्रेष्ठले बताए।
यता कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ। युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याइएकाे छ।
यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो। हालसम्म यसरी चार जनाको शव ल्याइएको छ। तीमध्ये कुवेतबाट तीनवटा छन् भने एउटा यूएईबाट रहेको छ।