गण्डकी प्रदेशमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी बागलुङमा २४ जना संक्रमित थपिएका हुन्। यसैगरी तनहुँमा १७, कास्कीमा ६, पूर्वी नवलपरासी र स्याङ्जामा २/२ र पर्वतमा ५ जना संक्रमित भेटिएका हुन्।
पर्वतमा संक्रमण पुष्टि भएका पाँचै जना जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्।
योसँगै संक्रमितको संख्या ३८० पुगेको छ।
गण्डकी प्रदेशमा संक्रमितमध्ये ३४ जना निको भएका छन्।
प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन।
स्याङ्जाका एक जनाको मृत्यु भएको छ।