गलवान भिडन्तको तीन दिनपछि चिनियाँ सैनिकले भारतीय २ मेजरसहित १० जवानलाई रिहा गरेको छ। रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेका छन्।
सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो ।
मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार साँझ ५ बजेतिर रिहा गरेको हिन्दूले जनाएको छ । भारतीय सेनाले भने आफ्ना कुनै पनि सेना नहराएको र चीनको कब्जामा नरहेको बताउँदै विज्ञप्ति जारी गरेको थियो ।
सन् १९६२ को चीन भारत युद्धमा पनि चीनले भारतीय सैनिक बन्धक बनाएको थियो। उसबेला ३० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौं चीनको कब्जामा थिए।
सोमबार सीमामा भएको हिंसक झडपमा एक कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको थियाे। त्यस्तै १८ जना भारतीय सैनिक घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले चीनतर्फ पनि मानवीय क्षति भएको दाबी गरे पनि चीनले भने अहिलेसम्म यसबारेमा कुनै जानकारी दिएको छैन ।