बोल्टनको किताब ‘शुद्ध कथा’ भएको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी पूर्व उच्चअधिकारी जोन बोल्टनद्वारा आफ्नो हालै प्रकाशित किताबमा लगाइएका आरोपहरूलाई ‘शुद्ध कथा’ भएकाे टिप्पणी गरेका छन् । 

राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत जारी सन्देशमा पूर्व राष्ट्रिय सुरक्षा अधिकारी बोल्टनलाई ‘सिक पपी’ भन्दै उनको कृतिलाई राष्ट्रपतिलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको सङ्कलन’ बताएका छन् । 

'पुस्तकमा मेरोबारेमा लेखिएका धेरैजसो भनाइहरू मलाई कहिल्यै कसैले नलगाएका कपोलकल्पित आरोप, शुद्ध कथाहरू छन्',उनले भने ।

ह्वाइट हाउसले गलत कामहरूलाई रोक्ने पहल गरेको विवरणहरूलाई बोल्टनले तोडमोड गर्दै ‘ट्रम्प राष्ट्रपतिका रूपमा योग्य नभएको’ प्रमाण भएको बताएका छन् । 

प्रकाशित मिति: : 2020-06-18 21:03:52

प्रतिकृया दिनुहोस्