बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालका ७ जना युवा कोरोना भाइरस संक्रमणबाट निको भएर बिहीवार डिस्चार्ज भएका छन्।
डिस्चार्ज भएकामध्ये बडिगाड गाउँपालिकाका ४ युवा र गलकोट नगरपालिकाका ३ युवा छन्। उनीहरु सबै जेठ पहिलो साता भारतबाट आएका थिए।
दुई सातासम्म अस्पतालको आइसोलेसनमा बस्दा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।
डिस्चार्ज भएका बडिगाडका ४ युवा बिहीवारै घर फर्केका छन्। गलकोटका ३ युवा भने डिस्चार्ज भए पनि सवारी नपाएर अस्पतालमै छन्।