कुवेतबाट बिहीबार एक सय ५० नेपाली महिला कामदार फर्किएका छन्।
विमानस्थल स्रोतका अनुसार जजिरा एयरलाइन्सले दुई शवसहित एक सय ५० नेपाली स्वदेश फिर्ता गरेको हो।
विमानस्थल कर्मचारीका अनुसार देशिक रोजगारीका क्रममा ज्यान गुमाएका सुनसरीका राजकुमार निरौला र कपिलबस्तुका विष्णुप्रसाद न्यौपानेको शव ल्याइएको छ।
यसअघि नेपाली कामदार ल्याउनेक्रममा जजिराले एउटा र दुबईबाट एयर अरेबियाले एउटा शव ल्याएको थियो। वैदेशिक रोजगार बोर्डका अनुसार शुक्रबार कतारबाट २० जना नेपालीको शव आउँदै छ।