नयाँ नक्सासहितको संविधान संशोधन प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा, आजै प्रमाणीकरण हुने

सभामुख अग्नि सापकोटाले संघीय संसद्को दुवै सदनबाट पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका छन्।

राष्ट्रिय सभाबाट आजै पारित भएको उक्त विधेयक प्रतिनिधिसभामा सन्देशसहित टेबल गरिएपछि उनले आजै राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले राष्ट्रपतिसमक्ष पेश गरिएको पुष्टि गरे। विधेयक लिएर सभामुख सापकोटा राष्ट्रपति कार्यालय, शितल निवास गएका छन् । उक्त विधेयक आजै प्रमाणीकरण हुने स्रोतले जनाएको छ । 

सरकारले भारतले मिचेको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको ३३५ वर्ग किलोमिटर भूभाग समेटेर जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसलाई संविधानको अनुसूची ३ मा रहेको निशाना छाप संशोधन गर्न जेठ ९ गते विधेयक दर्ता गरिएको थियो ।

प्रकाशित मिति: : 2020-06-18 16:33:13

प्रतिकृया दिनुहोस्