बिहिबार नेपालमा एकै दिन ६७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरेको परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
त्यसअघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ।
हालसम्म देशभरमा २२ जनाको मृत्यु भइसकेको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुष रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै, लम्बीचुहा २ कैलालीका ४३ वर्षीया महिलाको मृत्यु भएको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। हालसम्म नेपालको ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ।
बिहीबार थप १९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। जुम्लामा उपचाररत ६ जना, दैलेखमा उपचाररत १ जना, सल्कोट आइसोलेसन सेन्टरबाट ३ जना, सुर्खेतमा उपचाररत १ जना र नारयणी अस्तपालमा उपचाररत ८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।
योसहित नेपालमा हालसम्म १ हजार १ सय ८६ जना उपचारपछि निको भएका छन्।
देशभर हालसम्म एक लाख हजार ५५ हजार ५१८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४३ हजार ७५ हजार जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख १६ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ६४८ कोरोना संक्रमितहरु रहेका छन् ।