भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्याे, संक्रमित तीन लाख ६६ हजार ९४६ पुगे

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ। 

अहिलेसम्म भारतम कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ३३४ जनाको मृत्यु भएको हो।

त्यस्तै अहिलेसम्म भारतमा संक्रमितको संख्या तीन लाख ६६ हजार ९४६ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १२ हजार ८८१ नयाँ संक्रमित थपिएका छन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोनाका एक लाख १६ हजार ७५२ संक्रमित फेला परेका छन् भने पाँच हजार ६५१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५० हजार १९३ संक्रमित फेला परेका छन् भने ५७६ को मृत्यु भइसकेको छ। दिल्लीमा ४७ हजार १०२ संक्रमित छन् भने एक हजार ९०४ को मृत्यु भइसकेको छ।

यता गुजरातमा २५ हजार ९३ संक्रमित फेला परेका छन् भने एक हजार ५६० जनाको मृत्यु भइसकेको छ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ५९८ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा १२ हजार तीन सय संक्रमित भेटिएका छन् भने ५०६ जनाको मृत्यु भइसकेको छ।

बिहारमा ६ हजार ९४२ संक्रमित फेला परेका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म भारतमा कोरोनाका एक लाख ९४ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-06-18 12:18:07

प्रतिकृया दिनुहोस्