गण्डकी प्रदेशका थप ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो।
मनाङका संक्रमित कपिलवस्तुबाट फर्किएका हुन्।
गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन्।