सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

सुर्खेतको सिम्ता गाउँपालिका ८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको हो।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलका अनुसार गत जेठ १२ गते युवती भारतबाट आएकी थिइन्।

त्यसपछि गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन्।

ती युवती गत असार १ गते रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-06-17 20:22:20

प्रतिकृया दिनुहोस्