देशमा मृत्युदण्डकाे सजाय छैन, तर क्वारेन्टाइनमा बलात्कार गर्नेलाई हदैसम्मको दण्ड दिन्छाैं: स्वास्थ्यमन्त्री ढकाल

 स्वास्थ्यमन्त्री भानुभक्त ढकालले क्वारेन्टाइनमा बलात्कार गर्नेलाई हदैसम्मको दण्ड दिने बताएका छन्।

बुधवार राष्ट्रिय सभाको बैठकमा मन्त्री ढकालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले क्वारेन्टाइनमा बलात्कारको घटना घट्नु राज्यको कलंक भएको भन्दै मृत्युदण्डको व्यवस्था नभएकाले त्यसबाहेकको हदैसम्मको दण्ड दिने बताएका हुन्।

‘मैले पनि क्वारेन्टाइनमा बलात्कारको घट्यो भन्ने जानकारी पाएको छु, यदि सत्य रहेछ भने कारवाही हुन्छ। यस्तो घट्नु राज्यको कलंक हो।  मृत्युदण्डको व्यवस्था देशमा नभएका कारण हदैसम्मको दण्ड हुन्छ भन्ने म यहाँहरुलाई बताउन चाहन्छु,’ उनले भने। 

यस्तै उनले राजनीतिभन्दामाथि उठेर कोरोना संक्रमणविरुद्ध लड्न पनि  आग्रह गरेका छन्।

उनले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामको निम्ति खर्च भएको १० अर्बको फाटवारी पछि दिँदै जाने पनि बताए। उनले सरकारले भष्ट्राचार नसहने भन्दै मन्त्रीहरु जुनसुकै अग्नि परीक्षामा उभिन सक्षम रहने समेत बताए।

‘यो सरकार पारदर्शी छ। भ्रष्टाचार सहँदैन। भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउँछ,’ मन्त्री ढकालले भने, ‘जुनसुकै अग्नी परीक्षामा उभिनका निम्ति अहिलेको सरकार र मन्त्रीहरु सक्षम रहनेछन्।’

पछिल्लो समय १० अर्बको खर्च कहाँ भयो भन्दै प्रश्न उठिरहेको भन्दै उनले पैसाको अभावले कोरोनाको उपचार नरोकिने पनि बताए। महामाहरी बढ्दै गए अन्य मन्त्रालयमा छुट्याएका विकास निर्माणका बजेट समेत कटौती गरेर कोरोना उपचारमा खर्च गर्नेसमेत बताए।

प्रकाशित मिति: : 2020-06-17 18:02:55

प्रतिकृया दिनुहोस्