यूएईबाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएकी सिन्धुली दुधौली ९ की ३० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार उनी चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा बसेकी थिइन्।
सोही विमानमा आएकी २६ वर्षीया महिलामा जेठ ३० मा कोरोना संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक ट्रेसिङमा परेकाको ‘स्वाब’ को नमूना संकलन गरेको थियो।
दोस्रो दिन जेठ २४ मा मुलपानीको क्वारेन्टिनमा सारिएको जनाएको छ। त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरेर मङ्गलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियाे। र उनकाे रिपोर्ट पोजेटिभ आएको । छ
ती महिलालाई जेठ ३० मा पाटन अस्पतालमा भर्ना गरेको छ।
यूएईबाट आएका मध्ये १२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ। जसमध्ये ती महिलामा मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएको एसपी प्रधानले बताए।
अन्य ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि अन्तराष्ट्रिय मापदण्ड बमोजिम १४ दिन क्वारेन्टाइनमा राख्ने जनाएको छ।