हरियाे डाँडामाथि हलाे जाेत्ने साथी...... {तस्वीर}

देशका अधिकांश क्षेत्रमा मनसुनी वर्षा सुरु भएको छ। देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुँदा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ।

पानी परेपछि देशभरका किसानहरु खेतबारीमा व्यस्त भएका छन्। तर कतिपय स्थानमा भने रोपाइँ सुरु हुन सकेको छैन। अहिले पानी परेको हेर्दा धेरै ठाउँमा रोपाइँ सकिसकेको हुनुपर्ने भए तापनि बीउ सानो भएका कारण रोपाइँ गर्न नसकिएको हो। 

कति कोरोना भाइरसको त्रासका कारण त कतिलाई लकडाउनको समय बाहिर निस्कन नपाएका कारण धानको बीउ र मल समयमै पाए पनि बेर्ना राख्न ढिला भएको बताउँछन्। धानको बीउ राख्न ढिला हुनु अनि समयमै पानी पर्नु, कतिलाई खेतको पानी हेर्दै बस्नुपर्ने बाध्यता त कसैलाई सानै बीउ भए पनि रोप्ने चटारो सुरू भएको छ।

कोरोना र लकडाउनका कारण पहिलाऔपहिला जस्तो ज्यामी नपाउने अवस्था पनि छ अहिले। आफन्त र छिमेकीहरुसँग आलोपालो गरेर यसपालीको रोपाइँ सकाउनुपर्ने बाध्यता छ।

कोही कान्लो खन्दै छन्, कोही खेतमा पानी सोझ्याइ रहेका छन्। तयार भएको मेलोमा रोपाहारले धानको बिउ छुपु छुपु रोपिरहेका छन्।

त्याे नि स्व.जनकवि केशरी धर्मराज थापाले गाएको लोकभाकाको चर्चित गीत

हरियो डाँडामाथि
हलो जोत्ने साथी
हो..हो माले हो..हो
हो..हो तारे हो.. हो..

प्रकाशित मिति: : 2020-06-16 17:43:24

प्रतिकृया दिनुहोस्