नेपाललाई इजरायलले दियो स्वास्थ्य सामग्री

इजरायल सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि  नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि सामग्री हस्तान्तरण गरेका हुन्।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्राउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएलको २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पञ्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग स्वरुप उपलब्ध गराएको छ।

त्यस क्रममा मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए। उनले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको धारणा राखे।

प्रकाशित मिति: : 2020-06-16 16:44:04

प्रतिकृया दिनुहोस्