कर्णाली प्रदेशमा मंगलबार १९१ जना डिस्चार्ज भएका छन्।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट १२०, सल्यान अस्पतालबाट ४१ जना र प्रदेश अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्।
कर्णालीमा हासलसम्म ३४२ जना डिस्चार्ज भइसकेका छन्।
९ संक्रमित फेला परे
मंगलबार थप ९ जना कोरोना संक्रमित थपिएका छन्। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन्।
पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन्।
दैलेखको दुल्लु नगरपालिका ३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन्।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका( ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका(११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १०८६ पुगेको छ।