वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जना कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका हुन्। उनका अनुसार संक्रमित हुनेहरुमा वीरगञ्ज ३ का  ३१  ३१ वर्ष र ४ का २३ वर्षका पुरूष रहेका छन्।

उनीहरु दुबै भारतबाट जेठ २३ गते रक्सौल हुँदै वीरगञ्ज आएका थिए।  दुबैलाई वीरगञ्जकाे आदर्शनगरमा रहेको कन्ट्री इन होटलमा राखिएको छ।

३१ वर्षका पुरूष भारतको नयाँ दिल्लीबाट आएका थिए भने २३ वर्षका पुरूष भारतको बेङ्गलोरबाट आएका थिए। 

संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2020-06-16 12:41:30

प्रतिकृया दिनुहोस्