भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन लाख ४३ हजार ९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका १० हजार ६६७ नयाँ संक्रमित फेला परेका छन्।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख १० हजार ७४४ संक्रमित फेला परेका छन् भने चार हजार १२८ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ। त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४६ हजार ५०४ संक्रमित फेला परेका छन् भने ४७९ जनाको मृत्यु भइसकेको छ।
यता दिल्लीमा ४२ हजार ८२९ संक्रमित भेटिँदा एक हजार चार सयको मृत्यु भइसकेको छ। गुजरातमा २४ हजार ५५ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५०५ जनाको मृत्यु भएकाे छ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन्। यहाँ ३९९ जनाको मृत्यु भएको छ।
पश्चिम बंगालमा ११ हजार ४९४ संक्रमित भेटिएका छन् भने ४८५ जनाको मृत्यु भएकाे छ। यता बिहारमा ६ हजार ६५० संक्रमित फेला परेका छन्। यहाँ ४० जनाको मृत्यु भइसकेको छ।
अहिलेसम्म भारतमा कोरोनाका एक लाख ८० हजार १३ संक्रमित निको भएर घर फर्किसकेका छन्।