उत्तर पूर्वी बेलायतमा अमेरिकी सैन्य विमान दुर्घटना भएको छ। अमेरिकी एयर फोर्सका अनुसार ४८ औं फाइटर विङको एफ १५ सी इगल दुर्घटना भएको हो।
अमेरिको हवाई सेनाकाे वक्तव्यअनुसार नियमित अभ्यासका क्रममा विमान दुर्घटना भएको हो। विमानमा एकजना पाइलटमात्र थिए। उनकाे शव मृत अवस्थामा फेला परेकाे छ।
'दुर्घटनाको कारण खुलेकाे छैन तर पाइलट मृत भेटिएका छन्,' सेनाले वक्तव्यमार्फत् जानकारी गराएको छ।