क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेर एक व्यक्तिले आत्महत्या गरेका छन्। भीरबाट हामफालेर गम्भीर घाइते भएका युवाको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
बाग्लुङ नगरपालिका १३ का ३९ वर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सुनौलीबाट उद्धार गरि बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारि भीरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र गण्डकी अस्पताल पोखराले मृत्यु भएको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए।